बालकोट बार्ता बारे पत्रकारलाई जानकारी गर्न नमिल्ने

मुख्य समाचार

काठमाण्डौ फागुन ५ ! प्रधानमन्त्री शेर बहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली बिच बिहीबार साझ ओली निवासमा भेट बार्ता भएको छ । भेटमा के कुरा भए भन्ने कुरा पत्रकारलाई जानकारी दिन नमिल्ने बताइएको छ । बालुवाटारमा भएको गठबंधन दलको बैठकमा निष्कर्ष निस्कन नसकेपछि प्रधानमन्त्री देउवा बालकोट पुगेका हुन । कुनै पनि हलतमा MCC पास गर्नुपर्ने दबाब प्रधानमन्त्री देउवामा देखिन्छ भने यथास्थितिमा पास गर्न नसकिने अडान माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बताइसकेका छन । यस समस्यालाई हल गर्न प्रधानमन्त्री देउवा ओली फकाउन बालकोट पुगेका हुन । बालकोटमा भएको भेट बार्ताको बिषय पत्रकारलाई जानकारी दिन नमिल्ने बिषय भएको एमाले कार्यकर्ताले बताए ।

कमेन्ट:
What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

49 − 46 =