काठमाण्डौ फागुन २० ! नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरेको छ । मुल्य बृद्धिले चरम सीमा नाघेको छ । नेपाल आयल निगमले गत राती 12 बजे देखी नयाँ मूल्य कायम गरेको हो । निगमका अनुसार स्थानीय बजारमा पेट्रोलको मूल्य प्रतिलिटर १५० रुपैयाँ पुगेको छ । यससँगै डिजेलको मूल्य प्रतिलिटर १३३ रुपैयाँ कायम गरेको छ ।
रूस-यूक्रेन युद्धले नेपाल जस्तो धेरै मुलूकलाई प्रभाबित गर्ने आंकलन गरिएको थियो । रूस कच्चा तेल उत्पादन गर्ने विश्वको दोस्रो ठुलो मुलुक हो । यसको प्रभाव हाल अन्तरास्ट्रीय कच्चा तेलको मुल्यमा भारी बृद्धि आएकोले बृद्धि गर्नु परेको आयल निगमको विज्ञप्तिमा उल्लेख गरिएको छ । जति नै बृद्धि गरे पनि आर्थिक भार तथा घाटा नै भइरहेको निगमले जनाएको छ । यसै गरी नेपाल आयल निगमले भारतीय आयल कर्पोरेशनलाई बुझाउन बाँकि बक्यौता 4.5 अर्ब रहेको बताएको छ ।
साथै आयल निगमका कर्मचारिले पाउने पोशाक भत्तामा कटौती गर्ने र बिक्रेतालाई दिएको बिक्री कमीशनलाई हाल स्थगित गरिएको बताएको छ ।