कुतर्क गर्नेहरुको सातो खान कार्यकर्तालाई दीपशिखाको निर्देशन

मुख्य राजनीति

लुम्बिनी चैत्र ४ ! वाइसिएल नेपालको लुम्बिनी प्रदेशको प्रथम पूर्ण बैठकलाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा वाइसिएल इन्चार्ज रामप्रसाद सापकोटा ‘दीपशिखा’ले प्रचण्डले भनेजस्तै कुतर्क गर्नेहरुको सातो खान कार्यकर्तालाई निर्देशन दिए l उनले अब प्रतिक्रियाबादी एकातिर र क्रान्तिकारी अर्कातिर हुने  बताएका छन् l प्रतिक्रियाबादी विरोधीहरुले अत्यधिक धेरै आलोचना गर्नु क्रान्तिकारीहरु ठिक ठाउमा भएको बताएका हुन् l प्रतिक्रान्तिकारीहरुलाई घुडा टेकाउन अब युवाहरु जुट्नुपर्ने उल्लेख गरे l एक फरक प्रसंगमा केपी ओलीका छोरा छोरीले अहिले सहि कुरालाई कुतर्क गर्ने गरेको आरोप लगाए l

उनले युवा नेतृत्वसंग अबको नेपालको कम्युनिष्ट आन्दोलनको बाकीं कार्यभार पुरा गर्ने जिम्मेवारी रहेको बताए l युवाहरुले आशा, भरोसा र बिश्वास आफैमा केन्द्रित गरी नेतृत्व गर्न तयार हुनुपर्ने बताए l साथै प्रचण्डले ल्याइदिएको आन्दोलनको बाकी कार्यभार पुरा गर्न युवा अगाडी आउनुपर्ने उनले बताए l यो चुनाव देखि प्रतिक्रियावादीहरुलाइ पराजित गरी जित निकालेर संघियता, धर्मनिरपेक्ष र समानुपातिक-समाबेशी राज्य पूर्ण रुपमा स्थापित गर्दै बाकी कार्यभारमा प्रचण्डलाइ स-सम्मान बिदा गरि नेतृत्व लिन युवाहरु तयार हुन निर्देशन दिए l

अब वाइसिएल सबै तबरले तयार हुनुपर्ने भन्दै वाइसिएलले बन्दुक देखाएर तर्साउने अवस्था नभए पनि मुक्का देखाएर गलत प्रबृत्तिको समाप्त पार्न तयार हुनुपर्ने बताए l यदि वाईसीएलको नेतृत्वमा काम गर्न आफु योग्य छैन जस्तो लाग्छ भने आफ्नो पदबाट राजिनामा गर्नुपर्ने भन्दै पेन्डुलम भएर नबस्न कडा निर्देशन दिए l

 

 

कमेन्ट:
What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

58 − = 49