काठमाण्डौ जेष्ठ १६ ! नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रले नवनिर्वाचित जनप्रतिनिधिहरुलाई प्रशिक्षण दिने भएको छ । बुधवार र बिहीबार काठमाडौंको कमलपोखरी स्थित कुमारी हलमा ११ बजे पार्टिका अध्यक्ष पुष्प कमल दाहाल द्वारा उद्घाटन भई प्रशिक्षण हुने माओबादी केन्द्रका कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिनुभयो। माओवादी केन्द्रका तर्फबाट निर्वाचित जनप्रतिनिधिहरुले समाजबाद उन्मुख आधार निर्माण र पार्टीको भाबी रणनीति लगायतका बिषयमा प्रशिक्षण गरीने सचिव ढकालले जानकारी दिनुभयो ।
भर्खरै भएको स्थानीय निर्वाचनमा माओवादी केन्द्रले प्रमुखमा १२१ जना र उपप्रमुख १२८ जना,पार्टीका इन्चार्ज, सह–इन्चार्ज र अध्यक्ष सहित केही स्वतन्त्रबाट जितेका छन।
स्थानीय तहका जनप्रतिनिधिलाई प्रशिक्षण तयारी समिति समेत गठन गरिएको छ । जसमा वर्षमान पुन, गिरिराजमणि पोखरेल, शक्तिबहादुर बस्नेत, उर्मिला अर्याल, देव गुरुङ र प्रकाश विकल्प हुनुहुन्छ।
उद्घाटन सत्रमा अध्यक्ष प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठले राजनीतिक प्रशिक्षण दिने र लगत्तै पूर्व महान्यायाधिवक्ता मुक्ति प्रधानले ‘स्थानीय सरकारको कानूनी क्षेत्राधिकार, काम, कर्तव्य र अधिकार’ विषयमा प्रशिक्षण दिने तय भएको माओवादी केन्द्रले जनाएको छ।
बुधबार र बिहीबार जनप्रतिनिधिलाई राजनीतिक, वैचारिक, प्रशासनिक, कानुनी, लेखा परीक्षण, सूचना प्रविधिक र जनतासँगको सम्बन्ध सुधारका विषयमा प्रशिक्षण दिइने भएको छ ।