हिमालयन हाइड्रोपावर लिमिटेडको खुल्यो IPO

अर्थ बजार समाचार

काठमाण्डौ असार १५ ! हिमालयन हाइड्रोपावर लिमिटेडले बुधवार देखि IPO खुलाएको छ l कम्पनीले १९ करोड ६८ लाख २५ हजार रुपैयाँ बराबरको १९ लाख ६८ हजार २५० कित्ता साधारण शेयर आज असार १५ देखि १९ गतेसम्मको  आवेदन निष्काशनमा ल्याएको हो । उक्त कम्पनीमा रु सय को दरले  कम्तिमा १० कित्ता र बढीमा १००० कित्ता सम्म सर्वसाधारणले   लगानी गर्न सक्नेछन l  हाल कम्पनीको चुक्ता पूँजी ८७ करोड रुपैयाँ रहेको कम्पनीले जनाएको छ l प्रभावित क्षेत्रका स्थानियलाई ९ करोड रुपैयाँ र सर्वसाधारणलाई १३ करोड ५० लाख रुपैयाँ गरी २२ करोड ५० लाख रुपैयाँ बराबरको शेयर निष्काशन गरे पश्चात कम्पनीको चुक्ता पूँजी एक अर्ब ९ करोड ५० लाख रुपैयाँ पुग्नेछ ।

कम्पनीले धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोवल आइएमर्य क्यापिटल लिमिटेडलाइ  तोकेको छ l आईपीओलाई रेटिङ्ग एजेन्सी इक्रा नेपालले इक्राएनपी आईआर बी प्लस रेटिङ्ग प्रदान गरेको छ l समग्रमा यो रेटिङ्गले कम्पनीको जोखिम बहन गर्ने क्षमता कम रहेको अथवा जोखिम बढी रहेको जनाउछ l हाल  ११.८८ मेगावा ट क्षमताको नामार्जुज मादि जलविद्युत आयोजनाको निर्माण गरी  संचालनमा ल्याएको छ l

कमेन्ट:
What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

96 ÷ = 12