Home समाचार माओवादीमा दुई विद्यार्थी संगठन

माओवादीमा दुई विद्यार्थी संगठन

28
0
Google search engine

काठमाडौं असार १७ ! नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका पवन कार्कीले असन्तुष्ट पक्षहरुलाई समेटेर समानान्तर कमिटी गठन गरेका छन्।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सिफारिस गरेर पञ्चा सिंहलाई क्रान्तिकारीको अध्यक्षको जिम्मा लाउनुभएको थियो । तर पन्चा सिंहले असन्तुष्ट पक्षलाई समेट्न नसकेर सिंहले कार्वाही गर्दै निष्कासन गर्नुभयो । त्यस पश्चात क्रान्तिकारीको बैठकमा हात हालाहाल भएको थियो ।

Google search engine

शनिबार असन्तुष्ट पक्षले आयोजना गरेको भेलाले पवन कार्कीको नेतृत्वमा १९९ सदस्यीय राष्ट्रिय सम्मेलन आयोजक समिति गठन गरेको छ ।

कार्कीले विद्यार्थी आन्दोलनको पुनर्जीवनका लागि अखिल(क्रान्तिकारी)को पुनर्गठन एक अपरिहार्य आवश्यकता रहेको बताए ।

 

 

 

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here