संघीय संसदको उपसभामुखमा पुष्पा भुसाल विजयी

मुख्य राजनीति

काठमाडौं असार ३१ ! पाँच दलिय गठबन्धन तर्फकी उमेदवार पुष्पा भुसाल उप-सभामुख पदमा नि्वाचित हुनुभएको छ। विजयी भुसालले १४८ र पराजित भट्टराईले ९३ मत ल्याउनुभएको थियो ।

समानुपातिक सांसद भुसाल कांग्रेस केन्द्रीय सदस्यसमेत हुनुहुन्छ । उहाँ नेपाली कांग्रेसको सचेतकक रूपमा संसदीय गतिविधिमा सहभागी हुँदै आउनुभएको छ । उहाँ २०६४ सालमा अर्घाखाँची २ बाट सांसदमा निर्वाचित हुनुभएको थियो ।  स्नातक र राजनीतिशास्त्रमा स्नातकोत्तरसम्मको अध्ययन भुसालले गर्नुभएको छ। उहाँले १७ वर्ष त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन समेत गर्नुभएको थियो । साथै १७ वर्ष वकालतसमेत गर्नुभएको थियो। कानुनी विषयकाे राम्राे जानकार रहनु उहाँ को परिचय हाे । साथै उहाँ  नेपाल बार एसोसिएसनको केन्द्रीय सदस्य भइसक्नु भएको हो ।

कमेन्ट:
What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

÷ 5 = 2