Home राजनीति वाईसीएलको प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र

वाईसीएलको प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र

28
0
Google search engine

काठमाडौं असार ३१ ! नेकपा माओवादी केन्द निकट भातृ संगठन वाइसीएल, नेपालले सरकारलाई ध्यानाकर्षण पत्र बुझाएको छ। विभिन्न वहानामा विकृति मौलाउँदै गएको र नैतिकता, जिम्मेवारी बोध नभएको भन्दै जनताको जनचासो सुन्न आग्रह गर्दै राष्ट्र बैंकका बेथिति गभर्नर महाप्रसाद अधिकारी (एम.अधिकारी) को बर्खास्त लगायत समसामयिक सन्दर्भमा गम्भीर ध्यानाकर्षण सहित सम्माननीय प्रधानमन्त्री देउवालाई ज्ञापनपत्र बुझाएको वाइसीएल संयोजक सुमन देवकोटाले बताउनुभयो।

वाइसीएलले निम्न बिषयमा नेपाल सरकारको गम्भिर ध्याकर्षण गरेको छ ।

Google search engine

१) राजनैतिक दलको सदस्यता, जिम्मेवारीमा रहि साथै शैक्षिक योग्यता समेत नपुगेका राष्ट्र बैंकका गभर्नर एम अधिकारी (महाप्रसाद अधिकारी) लाई तुरुन्त बर्खास्त गरी छानबीन गरियोस ।

२) आर्थिक संकट र विदेशी मुद्रा संचिति घटिरहेको अवस्थामा हतियार खरिदको निर्णय तुरुन्त रोकियोस ।

३) संवैधानिक परिषद सम्बन्धि विधेयक तु फिर्ता लिइयोस । संविधान माथीको हमला कुनै पनि कोणबाट स्विकार्य छैन ।

४) सरकारले विपद व्यवस्थापन तथा आकस्मिक उद्धार साथै युवाहरुको क्षमता अभिवृध्दिका लअनिवार्य तालिमको व्यवस्था गरोस ।

५) किसानलाई समयमै मल बिउको उपलब्ध गराइयोस ।

६) विद्यार्थीलाई पाठ्य सामग्रीको व्यवस्था तुरुन्त गरियोस ।

७) सामाजिक विकृति विसंगती तथा हिंसाको विरुध्द प्रभावकारी कदम चाल्न ऐन कानुनको समयानुकुल परिमार्जन गरि तुरुन्त नियन्त्रण गरियोस ।

यस अघि वाइसीएलले गभर्नर महाप्रसाद अधिकारीलाई बर्खास्तको माग गर्दै विरोध गरेको थियाे। वाइसिएलले नैतिकता र जिम्मवारी बोध नभएको गभर्नर अधिकारीलाई बर्खास्त गर्न प्रधानमन्त्री शेर बहादुर देउवासंग माग गरेको छ।

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here