काठमाडौं साउन ८ ! नेकपा माओवादी केन्द्र निकट भातृ संगठन योङ कम्युनिस्ट लिग (YCL) नेपालले भाद्र ३ र ४ गते हुने राष्ट्रिय भेलाको तयारी स्वरुप विशेष प्रदेश कमिटीको तेस्रो पूर्णबैठक संगठनका संयोजक तथा माओवदी केन्द्रिय सदस्य सुमन देवकोटाको प्रमुख आतिथ्यता तथा संगठनका बिशेष प्रदेशका संयोजक ललित श्रेष्ठको अध्यक्षतामा सम्पन्न गरेको छ । साथै मातहतका कमिटिहरुको बैठक राख्दै संयोजक र सहसंयोजक तोकेको छ। बैठकमा विभिन्न कामको सिलसिलामा संघीय राजधानीमा आएर बस्ने युवाहरूलाई संगठित गर्ने , प्रदेश कमिटीको विभागीय कामकाज व्यस्थित गर्ने र आगामी भाद्र ३ र ४ गते काठमाण्डौमा सम्पन्न हुने “दोस्रो राष्ट्रिय भेला” भव्य बनाउन मातहत तहगत कमिटीका संगठनात्मक कामहरू गर्ने गरि केन्द्रित उक्त संगठनका संयोजक सुमन देवकोटाले सुराकी खबरलाई जानकारी दिए ।
प्रशिक्षण दिने क्रममा संयोजक देवकोटाले युवाहरुलाई अब उद्यमशीलतामा जोड्नुपर्ने कुरा व्यक्त गरे । वित्तीय साक्षरता लगायतका विषयहरुमा संगठनले ध्यान दिनुपर्ने भन्दै उक्त अवसर नयाँ युवा हरुलाई वाईसिएलले दिने बताए । उनले भने “नयाँ किश्वरहरुलाई संगठनमा आबद्ध गर्नु पर्ने अवस्था सृजना गर्न सामन्तवादी सोचहरु त्याग्नुको विकल्प छैन । विभागहरु सक्रिय हुनुपर्छ।हाम्रै कारणले सबै व्यवस्था आयो तर हामी नै कमजोर छौ।रचनात्मक कोणबाट आर्थिक र समाज बदल्ने हो। रूपान्तरण हुनुपर्ने भन्दा बाहेक विकल्प छैन।”
वैठकमा बोल्दै माओबादी केन्द्रिय सदस्य तथा Ycl सह-संयोजक सुबोध शेर्पालीले नेतासंग भेटेर फोटो खिचेर व्यापार गर्ने प्रिवृत्ती संगठनमा भएको भन्दै कार्यकर्तालाई नेतासंग भेट्दा विषयवस्तु र समस्या लिएर भेट्नुपर्ने बताए । साथै उनी भन्छन् “कफी खान मात्र होईन समस्या लिएर आउनुहोस्। Ycl बाट केन्द्रिय कमिटि सदस्य चाहिएको हो भने जिम्मेवारी अनुसार काम पुरा गर्नुस्। हतारो नगर्नुस्। कामको आधारमा जिम्मेवारी दिइछ । गणतन्त्र स्थपनासँगै शक्तिसाली संघीयता बनेको छ। माओबादीले रक्षा गर्छ गर्नुपर्छ । एमाले ले संघीयता खारेज गर्न चाहन्छ । हामी डटेर संरक्षणमा उत्रिनु पर्नेछ ।”
थप प्रसङ्गमा पार्टीले थाती राखेको मुद्दा उठान Ycl ले उठान गर्ने बताए। बैठकमा YCL का निर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान समेत गरिएको थियो।