Home राजनीति वाईसीएल नेपाल एक नम्बर प्रदेश समितिको कार्यालयको विस्तारित बैठक सम्पन्न

वाईसीएल नेपाल एक नम्बर प्रदेश समितिको कार्यालयको विस्तारित बैठक सम्पन्न

124
0

काठमाडौं साउन ९! नेकपा माओवादी केन्द्र निकट युवा संगठन वाईसीएल नेपाल एक नम्बर प्रदेश समितिको कार्यालयको विस्तारित बैठक सम्पन्न भएकाे छ । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य तथा वाईसीएल नेपालका संयोजक सुमन देवकोटाको प्रमुख आतिथ्यतामा प्रदेश समितिकाे बैठक सम्पन्न भएकाे हाे ।

वाईसीएल नेपाल एक नम्बर प्रदेश संयोजक डम्बर पुलामी “कर्म” को अध्यक्षतामा उदयपुर जिल्लाकाे गाईघाटमा सम्पन्न बैठकले प्रदेश भित्रका सबै जिल्लाहरूमा संगठनकाे सदस्यता वितरण गर्ने, दोस्रो राष्ट्रिय भेलाका लागि प्रतिनिधि छनौट गर्ने, विभागीय जिम्मेवारी हेरफेर गर्ने र आगामी भाद्र ३ र ४ गते काठमाण्डौँमा सम्पन्न हुने “दोस्रो राष्ट्रिय भेला” भव्य बनाउन आबश्यक पूर्व तयारी सम्पन्न गर्न मातहतका जिल्ला समितिहरुलाई बैठक / भेला आयाेजना गर्न निर्देशन दिएकाे छ ।

प्रदेश कार्यालयकाे विस्तारित वैठकमा संगठनका सह-संयाेजक सुबाेध श्रीपाली, केन्द्रीय नेता मिङ्मा डन्डु शेर्पा लगाएतका नेताहरुकाे उपस्थिति रहेकाे थियाे ।

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here