Home मुख्य वाईसिएल “रेड एण्ड एक्सपर्टहरूको समुह” भएको सह-संयोजक शेर्पालीको दाबी

वाईसिएल “रेड एण्ड एक्सपर्टहरूको समुह” भएको सह-संयोजक शेर्पालीको दाबी

8
0

पोखरा साउन १३ ! नेकपा माओवादीका केन्द्रीय सदस्य तथा वाइसियल नेपाल सह-संयोजक सुवोधराज सेर्पालीले ‘वाईसिएल नेपाल “रेड एण्ड एक्सपर्टहरूको समुह” भएको दाबी गर्नुभएको छ। राजनैतिक-बैचारिक रूपमा वाइसियल नेतृत्वदायि भुमिकामा रहेको र देशकै प्रमुख संगठनको रूपमा भएको उहाको दाबी छ।

जनयुद्धका शहिद बेपत्ता घाईते परिवारसंग सुखदुखमा वाईसियल नेपालका नेताहरू सधै संगै हुने उहाँले बताउनुभयो। साथै जनयुद्धको बद्नाम बनाउने तत्वहरूको पछि नलाग्न कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो ।

वैठकमा वोल्दै दोस्रो राष्ट्रीय भेलाको विषयमा सहमतिय प्रणालीको विधिमा हुने समेत उद्घोष गर्नुभएको थियो । आगामी प्रतिनिधि तथा प्रदेशसभा चुनावमा एकमतका साथ लाग्न निर्देशन दिँदै राष्ट्रिय भेलाको मार्फतबाट समाजवादको यात्रामा युवाहरू जनयुद्धमा जस्तै अब्वल छन भन्ने सन्देश वाइसियल नेपालले दिने विचार व्यक्त गर्नुभयो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here