Home मुख्य गठबन्धन भित्रका अंहकारी र प्रतिगामी शक्तीसंग स्वर मिलाउनेहरु प्रतिगमनकारी मतियार : संयोजक...

गठबन्धन भित्रका अंहकारी र प्रतिगामी शक्तीसंग स्वर मिलाउनेहरु प्रतिगमनकारी मतियार : संयोजक देवकोटा

25
0
Google search engine

पोखरा साउन १३! नेकपा माओवादी केन्द्र निकट भातृ सङ्गठन योङ्ग कम्युनिष्ट लिग, नेपाल गण्डकी प्रदेश समितिको विस्तारित बैठकमा बोल्दै नेकपा माओवादीका केन्द्रीय सदस्य तथा वाइसियल नेपाल केन्द्रिय संयोजक सुमन देवकोटाले गठबन्धन भित्र पनि अंहकारी र प्रतिगामी शक्तीसंग स्वर मिलाउनेहरु प्रतिगमनकारी मतियार भएको बताउनु भएको छ। सत्तारूढ गठबन्धन भित्र पनि प्रतिगामी शक्तीहरूको अघोषित मिलन हुनसक्ने वाईसीएल संयोजकले आशङ्का व्यक्त गर्नुभएको छ। वाईसियल नेपालले राष्ट्रीयताका बारे युवाहरूमा जागरण आवश्यक रहेको औँल्याएको बताउनु भएको छ।

फरक प्रसङ्ग जोड्दै संयोजक देवकोटाले स्थानिय चुनावको परिणामले माओवादी पार्टी स्थायी शक्तीका रूपमा दह्रीएको बताउनुभयो। दोस्रो राष्ट्रिय भेला पछिको भावी योजनाबारे बोल्दै उहाँले रचानात्मक कार्यक्रम अन्तरगत वित्तिय साक्षरताको कार्यक्रम अभियानका रूपमा चलाउने योजना गरिएको समेत बताउनुभयो। साथै युवाहरुमा विपत ब्यवस्थापनको तालिम आवश्यक बारे पष्ट्याउनु भयो।

कार्यक्रममा माओबादी केन्द्रका गण्डकी प्रदेश सचिव जगन्नाथ खनालले नेपालमा विदेशी शक्तिकेन्द्रको चलखेल बढेको बताउनुभएकाे छ। पछिल्लो समय अस्थिरता सृजना गर्न र आफूअनुकूल परिचालन गर्न वैदेशिक शक्ति केन्द्रहरु सक्रिय भएको बताउनु भएको हो। अब वाईसिएलले राष्ट्रिय युवाहरु जाग्नुपर्ने बताउनुभयो । युवाहरुको खवरदारीपुर्ण हस्तक्षेप र पहलकदमी महत्वपुर्ण हूने उहाँको तर्क थियो। वाईसीएल पार्टीको सहायक सङ्गठन भएको कुरा राख्दै उहाँले सशक्त र प्रभावकारी ढंगले दिशानिर्देश हुनुपर्ने बताउनुभयो।

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here