काठमाडौँ साउन १९ ! सरकारले आगामी मंसिर ४ गते एकै चरणमा प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन गर्ने निर्णय गरेको सकारका प्रवक्ता एबम् सूचना तथा सञ्चार प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभएको छ ।
गठबंधन दलको बैठक पछि बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले ४ मंसिरमै निर्वाचन गर्ने निर्णय गरेको हो । निर्वाचन आयोगले ४ मंसिरमा एकै चरणमा निर्वाचनको मिति तोक्न सरकारलाई सिफारिस पेस गरेको थियो। आगामी मंसिर ४ गते प्रतिनिधिसभाअन्तर्गत एक सय ६५ र प्रदेशसभाअन्तर्गत ३ सय ३० निर्वाचन क्षेत्रमा निर्वाचन हुनेछ।
कमेन्ट:
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1
+1