वाईसिएल अध्यक्षमा शेर्पाली र महासचिवमा शाही

मुख्य राजनीति

काठमाडौं भदौ ६ !  नेकपा (माओवादी केन्द्र) निकट सहायक संगठन योङ कम्युनिष्ट लिग (वाईसीएल) नेपालको अध्यक्षमा सुवोधराज शेर्पाली चयन हुनुभएको छ । बाघ सङ्गठनको रुपमा पहिचान बनाएको वाइसीएल नेपालले काठमाडौंमा सम्पन्न दोस्रो राष्ट्रिय भेलाले श्रीपालीलाई अध्यक्ष र महासचिव पदमा गणेश साहिलाई चयन गरेको हो ।

वाईसीएल नेपालको अध्यक्षमा सुबोधराज शेर्पाली मात्र आकांक्षी रहे पनि महासचिव पदका प्रत्यासी ज्ञानबहादुर गुरुङ, गणेश शाही र मिङमा डण्डु शेर्पा गरेर ३ जनाको दाबी रहे पछि छलफल पछि शाहीले बाजी मार्नुभएको हो ।

वाइसीएलको पदाधिकारी ६१ जनाको बनेको छ भने केन्द्रीय समिति ३ सय ५१ सदस्यीय घोषणा गरिएको सो सङ्गठन ले जनाएको छ । पदाधिकारीमा अध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव, कोषाध्यक्षलगायतको पद सिर्जना गरिएको छ । महिला, १६-२५ उमेर समुह लगायत सबैलाई मिलाएर केन्द्रिय कमिटी निर्माण गरिएको वाईसिएल नेपालले जनाएको छ।

कमेन्ट:
What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

61 − 60 =