Home समाचार वाइसिएल नेपाल पुन: २०६४ को अवस्थामा फर्कने शेर्पालीको उद्घोष

वाइसिएल नेपाल पुन: २०६४ को अवस्थामा फर्कने शेर्पालीको उद्घोष

24
0
Google search engine

काठमाडौँ भदौ ७ !  नेकपा (माओवादी केन्द्र)को भातृ संगठन योङ कम्युनिष्ट लिग (वाईसीएल) नेपालका नवनिर्वाचित अध्यक्ष सुबोधराज शेर्पालीले वाइसिएल नेपाल पुन: २०६४ को अवस्थामा फर्कने उद्घोष गरेका छन् l राजधानीमा तिनदिन लामो दोस्रो राष्ट्रिय भेलाबाट निर्वाचित भएका पदाधिकारी र केन्द्रीय सदस्यहरुले  मंगलबार सपथ ग्रहण  लिने क्रममा निर्देशन दिदै यस्तो बताएका हुन् । साथै वाइसिएलमा तेतिबेलाको जस्तो जुनुन आवश्यक रहेको बताए l

वाईसिएल नेता कार्यकर्तालाइ निर्देशन दिने क्रममा अध्यक्ष शेर्पालीले  गुट उपगुट लगायतको विभेद नगरिने, युवाहरुलाई ब्यबस्थित रुपमा परिचालन गर्नका निम्ति सबै तहका कार्यालयहरु स्थापना गर्ने, सबै युवा वाइसिएलमा भन्ने नारा सहितको कार्यक्रम ल्याउने, जनयुद्दको घाइतेहरुको अवस्था बारे डाटा संकलन गर्ने, सहिदपरिवार संग घरघरमा गइ अत्मियता र चिन्ताको बिषय समाधान गरिने, लगायतका कार्ययोजना रहेको र यसको कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् l

वाइसिएलले ६१ सदस्यीय पदाधिकारीसहित ३५१ सदस्यीय केन्द्रीय समिति बनाएको छ । जसमा अध्यक्ष-१ , वरिष्ठ उपाध्यक्ष-१, उपाध्यक्ष-६ , महासचिव-१ ,उप-महासचिव-६, सचिव-४५ र कोषाध्यक्ष-१ गरि जम्मा ६१ सदस्यीय पदाधिकारी निर्बिरोध निर्वाचित गरेको जनाएको छ l

जसमा पदाधिकारीहरु :

अध्यक्ष : सुबोधराज शेर्पाइली

बरिष्ट उपाध्यक्ष : ज्ञानेन्द्रबहादुर गुरुङ ‘कसम’

उपाध्यक्षहरु : गोगन मल्ल, मञ्जु बम, मिङ्‍माडन्डु शेर्पा, केहरसिँह कुँवर, ज्ञानेन्द्रबहादुर ढुंगाना, उमेश घोरासैनी ।

महासचिव : गणेश शाही

उपमहासचिव : पुष्प ओली, मीनबहादुर घर्ती, एबिराज राई, दिलबहादुर थापा, रतनबहादुर शाही, रेशम महरा ।

सचिव : चर्चित कलाकार नवीन खड्का, ललित श्रेष्ठ,  हरि ढकाल, नवीन खड्का,दोल्माया गोले  सहित ४५ जना

कोषाध्यक्ष : सन्तोष पनेरु

 

नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरुलाई वाईसीएल इन्चार्ज तथा माओबादी पोलिटब्युरो सदस्य रामप्रसाद सापकोटाले सपथ गराएका थिए l

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here