Home मुख्य चिनियाँ राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्सु नेतृत्वको टोली नेपालमा

चिनियाँ राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्सु नेतृत्वको टोली नेपालमा

8
0

भदाै २७ काठमाण्डाै ! चिनियाँ राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्सु नेतृत्वको टोली आज नेपाल आइपुगेको छ । ली चिनियाँ राष्ट्रिय जनकंग्रेसकाे दोस्रो बरियताको नेता मानिनुहुन्छ।

अध्यक्ष ली चान्सुको टोलीलाई सभामुख अग्निप्रसाद सापकोटाले विमानस्थल पुगेर स्वागत गर्नुभएको हो। सभामुख सापकोटा र चान्सुबीच बेलुका संसद् भवन नयाँ बानेश्वरमा भेटवार्ता हुने कार्यतालिका रहेकाे बुझिएको छ।

मङ्गलवार अध्यक्ष चान्सुले प्रधानमन्त्री शेरबहादुर देउवा, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग भेटवार्ता गर्नुहुने बताइएको छ। साथै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि संसद् भवनमै भेटवार्ता गर्ने तालिका रहेको बुझिएको छ ।

जनकंग्रेसका अध्यक्ष चान्सुले पर्सि बुधवार राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ । चुनावी माहोल तातिएको बेला चिनियाँ राष्ट्रिय जनकंग्रेसका नेता ली नेपाल भ्रममा आउनुलाई अर्थपुर्ण रुपमा हेरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here