दलहरुले बुझाएको २०७४ काे बन्दसूचि भोली असोज १ गतेदेखि खारेज हुने

मुख्य राजनीति

भदाै ३१ काठमाण्डाै  ! निर्वाचन आयोगले २०७४ सालको प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको लागि दलहरुले बुझाएको बन्दसूची भोलि असोज १ गतेदेखि खारेज हुने  बताएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आज एक विज्ञप्ति जारी गर्दै अहिलेसम्म कायम बन्दसूची असोज १ गते मध्यराति १२ बजेदेखि स्वतः खारेज हुने निर्णय भएको जानकारी दिनुभएको हो ।Press Release 2079-05-31

आउँदै गरेको मंसिर ४ गतेको प्रदेश सभा र प्रतिनिधि सभा चुनावको समानुपातिकतर्फको बन्दसूची आइतवार र सोमवार बुझाउने कार्यतालिका रहेको छ । सोही कारण २०७४ को बन्दसूची कायम रहेको अवस्थामा अघिल्लो पटकको बन्दसूचीमा परेकाहरुलाई अबको बन्दसूचीमा राख्न मिल्छ या मिल्दैन  भन्ने बारे बहस भइरहेको थियो यससन्दर्भमा आयोगले प्रष्ट पारेको हो ।

पर्सि समानुपातिकतर्फको बन्दसूची पेस गर्ने कार्यतालिका भएकाले प्रतिनिधि सभा भोलिदेखि नै अन्त्य गर्ने तयारी पनि भइरहेको छ ।

कमेन्ट:
What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 × = 81