सुर्खेत असाेज ९! ने.क.पा. (माओवादी केन्द्र) कर्णाली प्रदेश अध्यक्ष बिमला केसीले गुटहरु र स्वार्थ समुहको अन्त्य अनिवार्य रहेकाे बताउनुभएकाे छ। वाईसीएल नेपालको दोस्रो राष्ट्रिय भेलापछी बसेको कर्णाली प्रदेश समितिको पुर्ण बैठकमा बोल्दै गुटहरु र स्वार्थ समुहको अन्त्य अनिवार्य रहेको आवस्यकता औंल्याउदै केसीले भन्नुभयो सत्ता केही होइन इमान्दारी भएर पार्टी र संगठनको काममा लाग्न एवं प्रतिक्रान्ति रोक्न संघर्ष गर्नुपर्ने माओवादीका सबै सदस्यहरूको दायित्व रहेको नेतृ केसीले बताउनुभयो ।
उहाँले समाजको अग्रदस्ता युवाहरूले उत्पादन र समृद्धिको नेतृत्व गर्नुपर्ने बताउनु भएको छ । वैठकमा वाईसीएलले कर्णालीमा स्थानीय तह निर्वाचन युवा परिचालनमा खेलेको भुमिकाको प्रसंसा गर्दै आगामी प्रतिनिधिसभा निर्वाचन र प्रदेशसभा निर्वाचनमा हाम्रो पार्टी र गठबन्धनको उमेदवारलाई बिजय गराउन अझ सशक्त भुमिका निर्वाह गर्नुपर्ने आवस्यकता रहेको बताउनुभयो । आन्तरिक समस्या व्यवस्थापन गर्दै उपलब्धिहरुको रक्षा गर्न आम जनतालाई माओवादीले अवलम्बन गरेको नीति र कार्यक्रममा गोलबन्द गर्न वाईसीएल नेपाल कर्णाली प्रदेशका नेता कार्यकर्ता लाग्नुपर्ने कुरामा जोड दिनुभयो ।
कार्यक्रममा वाईसीएल नेपाल केन्द्रिय कार्यालय र (माओवादी केन्द्र) कर्णाली प्रदेशका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।