प्रचण्ड गोरखा जाने भएपछि भट्टराई खुशी

मुख्य
काठमाण्डौ असोज २२ ! ने.क.पा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ गोरखा क्षेत्र नं २ बाट निर्वाचन लड्ने हुनुभए सँगै नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले खुशी व्यक्त गर्नुभएको छ ।
माओवादी केन्द्रको शुक्रवार  बेलुका बसेको पदाधिकारी बैठकले अध्यक्ष दाहाललाई गोरखा क्षेत्र नं २ बाट चुनाव लड्ने
निर्णय भएको थियो। डा. भट्टराईले २०८९ को मङ्सिर ४ को  चुनावमा प्रतिस्पर्धा नगर्ने बताइसक्नुभएको छ । निर्वाचन क्षेत्र परिवर्तन गरिरहनु हुने प्रचण्ड गाेरखामा रहेकाे लिगलिकोट दरबार बाट केही संदेश दिन चाहेको भट्टराईको बधाई सन्देशमा भनिएको छ ।
यस अघि दाहाल र भट्टराई

 गोरखा क्षेत्र नं २ को प्रदेश सभा (क)तर्फ माओवादी केन्द्र र (ख) नेपाली कांग्रेसको उम्मेदवार बन्ने बताइएको छ । गोरखा क्षेत्र नं २ मा २०६४ र २०७० सालको संविधान सभा चुनावमा माओवादी केन्द्र विजयी भएको थियो  । वि.सं २०६४ मा माओवादी नेता डा. बाबुराम भट्टराई विजयी हुनुभएको थियो भने २०७० मा माओवादी केन्द्रका नेता हितराज पाण्डे त्यही क्षेत्रबाट विजयी हुनुभएको थियो ।

विसं २०७४ को चुनावमा नेपाली कांग्रेसको सहयोगमा फरक पार्टीबाट डा भट्टराई पुनः निर्वाचित हुनुभएको थियो ।

यसअघि २०७४ को चुनावमा चितवन क्षेत्र नं ३ बाट निर्वाचित प्रचण्ड यसपटक पनि निर्वाचन क्षेत्र परिवर्तन गर्नुभएको हो । २०६४ सालको पहिलो संविधान सभाको चुनावमा प्रचण्ड काठमाण्डौ क्षेत्र नम्बर १० र रोल्पा क्षेत्र नं २ बाट निर्वाचित हुनुभएको थियो । २०७० सालको दोस्रो संविधान सभा चुनावमा भने सिरहा ५ र काठमाण्डौ १० बाट उम्मेदवार बने पनि उहाँ काठमाण्डौ १० मा पराजित हुनुभएको थियो ।

कमेन्ट:
What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

68 ÷ = 68