Home मुख्य वाईसिएल केन्द्रीय कार्यालयको टिम प्रचण्ड जिताउन गाेरखा जाने

वाईसिएल केन्द्रीय कार्यालयको टिम प्रचण्ड जिताउन गाेरखा जाने

12
0

काठमाण्डौ कार्तिक ८ ! ने.क.पा माओवादी केन्द्रको सहायक सङ्गठन वाईसिएल नेपालले केन्द्रीय कार्यालयको टिमलाई अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को क्षेत्रमा परिचालन गर्ने निर्णय गरेकाे छ । मंगलवार बसेको केन्द्रिय समितिको दोस्रो भर्चुअल पुर्ण बैठकले उक्त निर्णय गरेको हो।

गठबन्धनका उम्मेदवारलाई विजयी गराउन वाइसिएलले सबै शक्ति लगाउने जनाएको छ । साथै समानुपातिक मत बढाउन विशेष मतदाता शिक्षा दिने समेत बताएको छ ।

वैठक माओवादी केन्द्रको पोलिटब्युरो सदस्य रामप्रसाद सापकोटा ‘दीपशिखा’ को प्रुमख अथित्यतामा सञ्चालन भएकाे थियाे । वैठकमा आन्तरिक नमिलेका विषयमा पछि छलफल गर्ने गरी वाईसीएलले गठबन्धन दललाई निःशर्त भोट हाल्न प्रचार प्रसार गर्न निर्देशन दिनुभएको थियो।

यसैगरी वैठकमा अध्यक्ष सुबोधराज सेर्पालीले प्रतिगामी शक्तिलाई जसरी पनि पराजित गर्नुपर्ने बताउनभयो।  सम्पुर्ण हिसाबले संगठनलाई परिचालन गर्न मातहतका कमिटीलाई  सर्कुलर गर्नुभएको थियो।

साथै बैठकमा युवाहरुको मार्चपास गर्न सक्रियताका साथ लाग्ने महासचिव गणेश शाहीले जानाकारी दिनुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here