Home मुख्य लोकप्रिय गायक बद्री पंगेनीले गाए माओवादी केन्द्रको चुनावी गीत “अघिअघि प्रचण्ड”

लोकप्रिय गायक बद्री पंगेनीले गाए माओवादी केन्द्रको चुनावी गीत “अघिअघि प्रचण्ड”

29
0
Google search engine

काठमाडौं कार्तिक १६ ! चर्चित लोक तथा दोहोरी गायक बद्री पंगेनीले माओवादी केन्द्रको चुनावी गीत गाएका छन् । मङ्सिर ४ गते हुने संघीय तथा प्रदेशको चुनाव लक्षित गीत गएका हुन् । जनप्रगतिशिल मन्च जापानको प्रस्तुति रहेको उक्त गीतमा चर्चित गायक बद्री पंगेनी र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डकी नातिनी स्मिता दाहालको स्वर रहेको छ ।

‘अघिअघि प्रचण्ड’ बोलको गीतमा

“गणतन्त्रमा पुग्ने सपना देख्ने प्रचण्ड

संविधानमा संघियता लेख्ने प्रचण्ड

जनलहर मेचीमहाकाली

अघि अघि प्रचण्ड पछि पछि हामी नेपाली” भन्ने शब्द सङ्कलन रहेको छ ।

गीतमा मार्मिक मन छुने लोक भाका रहेको छ । प्रचण्डको निति मान्दै नेपाल यहाँ आको, जनतालाई नेतृत्व मै देख्न मन लाको भन्दै प्रचण्डको प्रचार प्रसार गरिएको छ ।

 गायक/गीतकार/सङ्गीतकार एवम् एरेन्जर चेतन गोतामेको युट्युब च्यानलबाट आजै सार्वजनिक गरिएकाे गीतमा चर्चित अभिनेत्री करिश्मा ढकाल तथा चर्चित मोडेल लोमस शर्माको अभिनय रहेको छ।

गीतसङ्गीतको जगेर्ना गर्दै मनोरञ्जन दिने योजना रहेको भन्दै सङ्गीतकार गोतामेले यसैको माध्यमबाट सामाज रुपान्तरणको अभियान पनि अगाडी बढाउन चाहेको जानाकारी दिनुभयो ।

गीतको म्युजिक भिडियो हेर्न तलको लिङ्कमा क्लिक गर्नुहोस्।

https://youtu.be/CUA-oaEFj7Y

 

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here