काठमाडौं कार्तिक २१ ! नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलगायतका तीन कम्युनिष्ट पार्टीले निर्वाचनको विरोध गर्ने निर्णय गरेका छन् । शनिवार राजधानिमा पत्रकार सम्मेलन गर्दै विप्लव नेकपालगायत ऋषि कट्टेल नेतृत्वको नेकपा, आहुति नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपालले निर्वाचनको विरोधमा संयुक्त कार्यक्रम सार्वजनिक गरेका हुन्।
आगामी मंसिर ४ गते हुने निर्वाचन खारेजी तथा बहिष्कारको माग गर्दै आफूहरुको आन्दोलनमा सक्रिय सहभागीता जनाउन जन आह्वान पनि गरेका छन् । उनीहरुले निर्वाचनको विरोधमा कार्तिक २४ देखि ३० गतेसम्म काठमाडौंलगायत बुटवल, इटहरी, बर्दिवास, पोखरा, सुर्खेत र धनगढीमा राजनीतिक सभा गर्ने जनाएका छन् ।
साथै उनीहरुले जनयुद्ध र जनआन्दोलनको उपलब्धिलाई खोसिँदै लगिएको राज्य सत्ताको दुरुपयोग गरिएकाे भन्दै एकीकृत जनक्रान्ति नै अहिलेको आवश्यकता रहेको बताएका छन्।