मतदाताको दैलोमा पम्फा र जितेन्द्र, अबको एकमात्र संकल्प ‘विकास र समृद्धिका लागि भोट दिनुस् ।’

मुख्य

ललितपुर कार्तिक २५ !  ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री एवं ललितपुर ३ का लागि वामलोकतान्त्रिक गठबन्धनकी उम्मेदवार पम्फा भुसाल र प्रदेशसभा सदस्य उम्मेदवार जितेन्द्र कुमार श्रेष्ठले मतदातासँग अबको एकमात्र संकल्प भएको भन्दै विकास र समृद्धिका लागि भोट दिन आग्रह गर्नु भएको छ ।

बिहीबार ललितपुर सानेपा लगायतका क्षेत्रका मतदाताको घर दैलोमा पुगेर भुसाल र श्रेष्ठले मतदाताका हातमा आफ्ना प्रतिवद्धता पत्र थमाउँदै भन्नु भयो, ‘हामी ललितपुरवासीको गुणस्तरीय जीवन जीउने आधार तयार गर्न चाहान्छौं। यहाँको पर्यटनमा आधारित अर्थतन्त्र, समतामूलक समाज र स्वच्छ पर्यावरणलाई तत्काल विशेष प्राथमिकता दिएर सो अनुरुपका नीति तथा कार्यक्रम तर्जुमा गर्न चाहान्छौ, त्यसका लागि हामीलाई मत दिनुस् ।’

‘शान्ति, समृद्धि र स्थायित्वका लागि बामलोकतान्त्रिक गठबन्धन बनेको हो, पाँच वर्षसम्म संसदले काम गर्न पाउँछ, ’ उम्मेदवार भुसालले भन्नुभयो, ‘ निर्माणाधीन बाग्मती, नख्खु, कर्मनासालगायत कोरिडोर सम्पन्न गर्ने गरी हामी अगाडी बढ्नेछौं । ललितपुरबासीले गर्व गर्न लायक शहर निर्माण गर्ने हाम्रो अठोट छ ।’

त्यसैगरी नेपाली काँग्रेस ललितपुरका सभापति समेत रहेका प्रदेशसभा सदस्यका उम्मेदवार जितेन्द्र कुमार श्रेष्ठले ललितपुरको समग्र विकासका साथै, कला, संस्कृति एवं सम्पदाको संरक्षण र प्रवद्र्धनका लागि पनि बामलोकतान्त्रिक गठबन्धनको जीत आवश्यक रहेको वताउनु भयो । ‘ ललितपुरका ६ वटा स्थानीय तहमा नै हाम्रो नेतृत्व छ । यहाँको माटो सुहाँउदो विकास र आम नागरिकहरुको हीतका लागि हामी क्रियाशील हुनेछौं, म समाजसेवाका लागि राजनीतिमा आएको छु, ललितपुरको समृद्धि नै मेरो अर्जुनदृष्टि हो।’

प्रतिनिधिसभा ललितपुर क्षेत्र नं. ३ मा ललितपुर महानगरका १, २, ३, ४, ५, १०, १३, १४, १५, १८, २० २१, २२, २३, २४, २५, २६, २७, २८, २९ र गोदावरी नगरपालिकाका १२ र १४ गरी २२ वटा वडा पर्छन् । यस क्षेत्रमा ९४ हजार १ सय १६ मतदाता रहेका छन् ।

वि.सं. २०७९ सालको स्थानीय तहको निर्वाचनमा ललितपुर महानगरको ४, १०, १४, २०, २८ को वडा कांग्रेसका उम्मेदवारले जित हासिल गरेको छ । यस्तै २१, २६ र २७ वडा माओवादी केन्द्रका उम्मेदवारले र २ र ३ वडा एकीकृत समाजवादीका उम्मेदवारले जित हासिल गरेको छ । १ र १३ वडा स्वतन्त्रले जित्दा ५, १५, १८, २२, २३, २४, २५, २९ मा एमाले विजयी भएको थियो ।

स्थानीय तह निर्वाचनमा ती वडाका मत परिणामलाई आधार मान्दा यहाँ गठबन्धनको अग्रता देखिन्छ । यस क्षेत्र अन्तर्गतका वडामा कांग्रेसको १८ हजार ५४५, एमालेको १७ हजार ७०९, माओवादीको ७ हजार ७२७, नेकपा एकीकृत समाजवादीको ५ हजार १२९ र राप्रपाको ४ हजार ३४२ मत छ ।

कमेन्ट:
What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

91 − 85 =