प्रधानमन्त्री देउवा चुनावी सम्बोधन गर्न बुधबार डडेल्धुरा आउने

मुख्य समाचार

काठमाडौं कार्तिक ३० ! कांग्रेस डडेल्धुराका सचिव हेमराज चटौतका अनुसार प्रधानमन्त्री शेर बहादुर देउवा बुधवार बिहान गृहजिल्लाजाने कार्यक्रम रहेको बताएका छन । ११ः३० बजे अजयमेरु गाउँपालिकाको देवलमा आयोजना हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको बुझिएको छ ।

उनले बैतडी र अछाम जिल्लामा आयोजना हुने चुनावी सभालाई पनि सम्बोधन गर्ने कार्यक्रम तय भएको कांग्रेसले जनाएको छ । देउवाको निर्वाचन क्षेत्रमा ८ जना प्रतिस्पर्धी उमेदवार छन । जसमध्य देउवा नै सबैभन्दा बलिया उमेदवार हुन। देउवाले २०४८ यताका हरेक निर्वाचनमा डडेल्धुराबाट जित्दै आएका छन्।

उक्त क्षेत्रमा स्वतन्त्र उमेदवार ई. सागर ढकालको उम्मेदवारी रहेको छ।

कमेन्ट:
What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

− 6 = 2