बिहिबार राती १२ बजे देखि मौन अवधि सुरु

मुख्य राजनीति समाचार

काठमाडौं मङ्सिर १ ! बिहीबार राति बाह्र बजेबाट मौन अवधि सुरु हुँदैछ । याे अवधि मतदान सुरु हुनु 48 घण्टा पहिले बाट सुरु हुने गर्दछ। मंसिर ४ को निर्वाचनका लागि त्यो समयमा चुनाव प्रचार–प्रसार गर्न र मतदातालाई प्रभावित पार्ने कुनै पनि गतिविधि गर्न पाईने छैन।

मतदातालाई अन्य कुनै हैरानी र तानातान नहोस् भनेर याे अवधि राखिएको हो। यसै क्रममा प्रचारप्रसारका लागि छलफल, अन्तरक्रिया, सभा, सम्मेलन, कार्यशाला गोष्ठी गर्न नपाइने निर्वाचन आचारसंहितामा रहेको छ ।

यदि कुनै उमेदवारले निर्वाचन आचासंहिताविपरीत क्रियाकलाप गरे उमेदवारी खारेजी समेत गर्न सकिने कानुनी ब्यवस्था रहेको छ । यसको साथै पैसा बाँड्ने, चलखेल गर्ने रक्सी खुवाउने प्रभावित गर्ने, लगायतका गतिविधि गर्न रोक लगाएको छ ।

कमेन्ट:
What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

× 6 = 12