चारपटकको विश्व विजेता जर्मनी समुह चरणबाटै बाहिर

खेलकुद मुख्य विश्व समाचार

एजेन्सी मङ्सिर १६! चारपटक विश्वकप ट्रफी हात पारेको जर्मनी फिफा विश्वकपकाे समूह चरणबाटै बाहिरिएको छ । दोहाको अल बायेट रंगशालामा कोष्टारिकामाथि ४-२ गोलअन्तरको शानदार जित निकाले पनि समूहकै अर्को खेलको नतिजा अप्रत्यासित आउँदा जर्मनी अभागी देखिएको हो ।

अर्को खेलमा जापानले स्पेन २-१ गोल अन्तरले सनसनीपूर्ण जित निकालेको थियो । यससँगै जापानले स्पेन र जर्मनी दुवैलाई हराएर ६ अंक सहित समुह ई को विजेता बनेको छ। भने समुह ई मा रहेका समान अङ्क ४ बनाएका स्पेन र जर्मनी भने गोल अन्तरका आधारमा जर्मनी समुह चरणबाट बाहिरिएको हो।

जर्मनीले हालसम्म सन १९५४, १९७४, १९९० र २०१४ गरी चार पटक विश्व कपको विजेता बनेको थियो।

कमेन्ट:
What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

× 2 = 14