काँग्रेसले छाडेन अडान, गठबन्धन टुटेको सङ्केत

मुख्य राजनीति समाचार

काठमाण्डौ पुस १०! सरकार निर्माणका प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनबीच भएको निर्णायक छलफल सहमति बिना टुंगिएको छ ।

यससँगै सरकार निर्माण गर्ने कार्य अझ पेचिलो बन्दै गएको छ। प्रधानमन्त्रीमा शेर बहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको दावी कायमै रहेको छ।

कांग्रेससँग छलफलका लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादी अध्यक्ष माधव नेपाल र सम्मानित नेता झलनाथ खनाल बालुवाटारमा पुगेका थिए ।

कांग्रेसले आफ्नो अडान परिवर्तन नगरेपछि भर्खरै प्रचण्डसहित नेता नेपाल र झलनाथ बालुवाटारबाट बाहिरिएका छन् ।

कमेन्ट:
What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

× 1 = 3