Home मुख्य आज विश्वासको मत लिँदै प्रधानमन्त्री प्रचण्ड, कोशिश दुईतिहाइ बहुमतको

आज विश्वासको मत लिँदै प्रधानमन्त्री प्रचण्ड, कोशिश दुईतिहाइ बहुमतको

30
0
Google search engine

काठमाडौं पुस २६ ! नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज संघीय संसदमा विश्वासको मत लिने भएका छन् । संघिय संसदमा आज बिहान ११ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा प्रचण्डले विश्वासको मत लिने भएका हुन् ।

प्रचण्ड १० पुसमा प्रधानमन्त्री नियुक्त भएका थिए भने ११ पुसमा शपथ लिएर कार्यभार सम्हालेका थिए । नेपालको संविधानको धारा ७६ (२०) अनुसार निर्वाचित प्रधानमन्त्रीले प्रधानमन्त्री नियुक्त भएको ३० दिनभित्र प्रतिनिधि सभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ।

Google search engine

प्रचण्डले प्रधानमन्त्रीमा दाबी पेस गर्दा एमालेसहित सात दल र तीन स्वतन्त्र सांसदले समर्थन गरेका थिए । उनको पक्षमा १६९ मत छ । तर, विश्वासको मतका लागि न्युनतम १३८ मत चाहिन्छ ।

प्रचण्डलाई एमालेका ७९, माओवादीका ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २०, राप्रपाका १४, जसपाका १२, जनमतका ६ र नागरिक उन्मुक्तिका चार सांसदले विश्वासको मत दिने निश्चित छ । सरकारलाई समर्थन गरेका स्वतन्त्र सांसदहरू प्रभु साह र डा। अमरेशकुमार सिंहले पनि विश्वासको मत दिँदै छन् ।

सबै गरी १६९ सांसदले विश्वासको मत दिने तय भएको छ । तर, सुविधाजनक बहुमतको समस्या नभए पनि प्रधानमन्त्री प्रचण्ड दुईतिहाइ जुटाउने प्रयासमा छन् । १० सिट रहेको एकीकृत समाजवादी र चार सिट रहेको लोसपाले मात्रै विश्वासको मत दिए सरकारको पक्षमा दुईतिहाइ पुग्छ । २७५ सदस्यीय प्रतिनिधिसभामा दुईतिहाइका लागि १८३ सदस्य चाहिन्छन् ।

प्रधानमन्त्री प्रचण्डले विश्वासको मतका लागि हिजो निर्वाचनमा सँगै गठबन्धनमा रहेका कांग्रेस, एकीकृत समाजवादी लगायतसँग पनि मत मागेका छन् । आफै कांग्रेस सभापति शेरवहादुर देउवाको निवासमा पुगेर प्रधानमन्त्रीले विश्वासको मत मागेका हुन् । संसदमा कुल २७५ सांसद छन् ।

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here