Home खेलकुद ८ वर्षपछि नेपाल १९ वर्षमुनिकाे विश्व कपमा

८ वर्षपछि नेपाल १९ वर्षमुनिकाे विश्व कपमा

28
0
Google search engine

काठमाडौँ फाल्गुन १८! आईसीसी १९ वर्षमुनिको विश्व कप एसिया छनोटमा नेपालले घरेलु टाेली यूएईलाई हराउदै फाइनलमा प्रवेश गरेको छ। नेपाल ८ वर्षपछि विश्व कपमा पुगेकाे हाे । नेपालले UAE लाई ७ रनले पराजित गरेको हो । टस हारेर ब्याटिङ गरेकाे नेपालले ४८ ओभर ५ बलमा १ सय ९१ रन मात्र जोड्न सफल भयो । नेपालका लागि कप्तान देव खनालले सर्वाधिक ५१ रन ल्याए भने विशाल विक्रम केसीले ३८ र उत्तम रङ्गु थापा मगरले ३६ रन बनाए ।

नेपालले दिएकाे १ सय ९२ रनकाे लक्ष्य पछ्याएकाे यूएई ४८ ओभरमा १ सय ८४ रनमा अलआउट भयाे । यूएईका लागि इथान कार्ल डिसुजाले ५०, आर्यन सक्सेनाले ३४ र आर्यन शर्माले ३२ रन बनाए । जुन जीतका लागि पर्याप्त हुन् सकेन।

नेपालले अघिल्लो खेलहरुमा सिङ्गापुरलाई ९६, कुवेतलाई २ सय ४३, हङकङलाई ९ विकेट र मलेसियालाई १० विकेटले हराएको थियो । १९ वर्षमुनिकाे विश्व कप सन् २०२४ मा श्रीलङ्कामा हुँदैछ ।

 

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here