राष्ट्रिय प्रजातन्त्र पार्टीले वाग्मती प्रदेश सरकारलाई दिएको समर्थन आजै फिर्ता लियो

मुख्य राजनीति समाचार

काठमाण्डौ फाल्गुन १३ ! सघिय सरकारबाट बाहिरिएसंगै  राष्ट्रिय प्रजातन्त्र पार्टीले वाग्मती प्रदेश सरकारलाई दिएको समर्थन पनि आजै फिर्ता लिएको छ l राप्रपाले बाग्मती प्रदेश सरकारबाट बाहिरिए संगै नेकपा (माओवादी केन्द्र)का संसदीय दलका नेता शालिकराम जम्कट्टेलको सरकार अल्पमतमा परेको छ l बागमतीमा सरकार बनाउन ६१ सिटको बहुमत पुर्‍याउनु पर्छ।

पुस २५ गते नेकपा (माओवादी केन्द्र)का संसदीय दलका नेता शालिकराम जम्कट्टेल बागमती प्रदेशका मुख्यमन्त्रीमा नियुक्त हुनुभएकाे थियो l उहाँलाई विभिन्न राजनीतिक पार्टीबाट प्रतिनिधित्व गर्ने ७० जना प्रदेश सभाका सदस्यहरूकाे समर्थन रहेको थियो l समर्थनमा नेकपा (एमाले)काे २७, राप्रपाकाे १३, नेकपा (एकीकृत समाजवादी)काे ७, हाम्रो नेपाली पार्टीको २ प्रदेशसभाका सदस्यकाे समर्थन रहेको थियो । नेकपा (माओवादी केन्द्र)का २१ जना प्रदेश सभा सदस्य छन् । उहाँ नेकपा (माओवादी केन्द्र)का पाेलिट्ब्युराे सदस्यसमेत हुनुहुन्छ ।

बाग्मती प्रदेश संसद अधिबेशनको बिशेष समयमा संघीयताको बिरोधमा तथा परिवर्तित सन्दर्भमा सत्तामा बसिरहनु अनुपयुक्त न हुने ठहर गरि परिबर्तित राजनीतिक घटनाक्रमको कारण राप्रपा पार्टीबाट प्रदेश सरकार बाहिरिएको  राप्रपा बाग्मती प्रदेश संसदीय दलको नेता तथा खानेपानी, उर्जा तथा सिंचाइ मन्त्री मा. उद्धव थापाले जानकारी दिनुभयो।

सरकारमा सामेल मन्त्री आजकै मितिबाट संयुक्त रूपमा राजीनामा दिदै सरकारबाट बाहिरिने तथा प्रदेश सरकारलाई दिदै आएको समर्थन समेत फिर्ता लिने  निर्णय गरेको छ।

 

कमेन्ट:
What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

− 1 = 1