Home अर्थ बजार बैंकिङ क्षेत्रमा अझै सङ्कट गहिरिएर जान सक्ने भन्दै सजग रहन अर्थविद् वाग्लेको...

बैंकिङ क्षेत्रमा अझै सङ्कट गहिरिएर जान सक्ने भन्दै सजग रहन अर्थविद् वाग्लेको आग्रह

32
0
????????????????????????????????????
Google search engine

काठमाडौं फाल्गुन २४ !राष्ट्रिय योजना आयोगका पुर्व उपाध्यक्ष तथा अर्थविद् डा.स्वर्णिम वाग्लेले अर्थतन्त्र सुधारका लागी बैंकिङ क्षेत्र सजग रहनु पर्ने बताउनु भएको छ ।  नेपाली कांग्रेसले काठमाडौंमा आयोजना गरेको नेपालको पछिल्लो आर्थिक अवस्थाबारे निजी क्षेत्रसँगको छलफल कार्यक्रममा उहाँले यस्तो बताउनु भएको हो ।

कार्यक्रममा बोल्दै उहाँले देशको अर्थतन्त्रको सुधार गर्न सजिलो अवस्थामा नरहेको भन्दै आगामी अर्थमन्त्रीले अप्रिय निर्णय गर्नुपर्ने अवस्था रहेकोले अर्थतन्त्रमा देखिएको समस्याको समाधान गर्न टालटुले नभएर निर्मम भएर जानुपर्ने अवस्था रहेको बताउनु भएको छ ।

साथै बैंकिङ क्षेत्रलाई ब्याजदर बढाउने कसरत नगर्न आग्रह गर्नुभएको छ । अनुत्पादक क्षेत्रमा धेरै कर्जा प्रवाह ज्यादा भएकाले बैंकहरुलाई नै समस्या पर्ने देखिएको भन्दै उहाँले नेपालको बैंकिङ क्षेत्र पनि धरासायी भयो भने अर्थतन्त्र झनै समस्या पर्ने बताउनुभयो ।

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here