Home मुख्य पर्यटनमन्त्री किराँती सँगै वाईसिएल पनि सरसफाईमा जुट्दै

पर्यटनमन्त्री किराँती सँगै वाईसिएल पनि सरसफाईमा जुट्दै

36
0
Google search engine

काठमाडौँ वैशाख १६! संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती सँगै वाईसिएल नेपाल पनि सरसफाई अभियानमा जोडिएको छ । “स्वच्छ पशुपति,सफा पशुपति र हराभरा पशुपति ” भन्ने मुल नाराका साथ संस्कृति,पर्यटन तथा नागरीक उड्यनमन्त्री मा. सुदन किरातीले सुरु गर्नुभएको तीनमहिने पशुपति सरसफाई अभियान अन्तर्गत आज नवौँ हप्ताका दिन वाईसीएल नेपालको संस्थागत सहभागीता भएको हो ।

आज वाईसिएलले किराँतेश्वर मन्दिर आसपास सफाई गरेको छ। अध्यक्ष सहित विभिन्न तह र तप्काका नेता कार्यकर्ताको उपस्थिती रहेको थियो।

साथै आगामी दिनमा “सामुहिक श्रम कार्यमा युवा” भन्ने नारालाई व्यबहारिक रूपमा कार्यन्वयन गर्दै हरेक साताको शनिबार दुई घण्टा सामुहिक हस्पिटल लगायतका जनताले सेवा लिने ठाउँहरुमा श्रम कार्यमा जोडिने अभियानलाई निरन्तरता दिइने वाईसिएल नेपालका अध्यक्ष सुबोधराज श्रीपालीले जानकारी दिनुभयो । साथै देशैभरका युवाहरु, नेता तथा कार्यकर्ताहरुलाई फोहोर सरसफाइ अभियानमा जोडिन मातहतका कमिटी लगायत सबैमा अनुरोध समेत गर्नुभयो

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here