Home खेलकुद आइपिएल T20 : क्रिकेट रोयल च्यालेन्जर बेङ्गलोर र गुजरात टाइटन्स बिच घमासान...

आइपिएल T20 : क्रिकेट रोयल च्यालेन्जर बेङ्गलोर र गुजरात टाइटन्स बिच घमासान हुने

28
0

यजेन्सी – म्याच विवरण अनुसार आज साँझ हुने जारी सिजनको IPL २०२४ को ५२औं T20 खेल एम चिन्नास्वामी स्टेडियम, बेंगलुरुमा रोयल च्यालेन्जर बेङ्गलोर र गुजरात टाइटन्स बिचमा हुनेछ।
गुजरात टाइटन्सले आफ्नो अन्तिम खेलमा स्कोरबोर्डमा २०० रन बनाए पनि आरसीबीसँग नौ विकेटको भारी हार बेहोरेको थियो। शुभमन गिलको GT ले IPL 2024 मा दश खेलमा चार जित हासिल गरेर निरन्तरता पाउन संघर्ष गरेको छ र हाल अंक तालिकामा आठौं स्थानमा छ।
फाफ डु प्लेसिसको नेतृत्वमा रहेको आरसीबीले एसआरएच र गुजरात टाइटन्सविरुद्ध दुईवटा प्रभावशाली जितपछि सिजनको लगातार तेस्रो जितको खोजी गर्नेछ। बेंगलुरु १० खेलमा तीन जितसहित अंक तालिकाको पुछारमा छ तर आज भारी अङ्कको साथ जित हासिल गरेर यो सिजनको प्लेअफमा पुग्ने दाउमा छ ।
RCB vs GT IPL 2024 म्याच ५२को प्लेइङ इलेवन यस प्रकार छन्। रोयल च्यालेन्जर्स बेंगलुरुले प्लेइङ इलेभेन: विराट कोहली, फाफ डु प्लेसिस (सी), विल ज्याक्स, रजत पाटीदार, ग्लेन म्याक्सवेल, क्यामरन ग्रीन, दिनेश कार्तिक (विकेटकीपर), स्वप्निल सिंह, कर्ण शर्मा, मोहम्मद सिराज, यश दयाल रहेका छन् । भने गुजरात टाइटन्सको प्लेइङ इलेवेनमा : ऋद्धिमान साहा (विकेटकीपर), शुभमन गिल (क), साई सुधरसन, डेभिड मिलर, अजमातुल्लाह ओमरजाई, राहुल तेवाटिया, शाहरुख खान, राशिद खान, साई किशोर, नूर अहमद, मोहित शर्मा रहेको छन्।
खेल भारतीय समय अनुसार शनिबार, मे ४ साँझ ७:३० बजे IST (साँझ ७:०० बजे टस) प्रसारण र लाइभ स्ट्रिमिङ: स्टार स्पोर्ट्स, JioCinema वेबसाइट र एपमा हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here