यजेन्सी -चालु सिजनको आईपीएलमा भएको आजको खेलमा रोयल च्यालेन्जर बेङ्गलोर ४ विकेटको जित हासिल गरेको छ । म्याच विवरण अनुसार आज भएको जारी सिजनको IPL २०२४ को ५२औं T20 खेल एम चिन्नास्वामी स्टेडियम, बेंगलुरुमा रोयल च्यालेन्जर बेङ्गलोर र गुजरात टाइटन्स बिच भीषण प्रतिस्पर्धा बिच सम्पन्न भयो ।
गुजरात टाइटन्सले १० विकेटको क्षतिमा १४७ रनको लक्ष्य दिएको थियो । लक्ष्य भेट्टाउने क्रममा रोयल च्यालेन्जर बेङ्गलोरले ६ विकेटको क्षेतीमा, १३.४ ओवरमा १५२ बनाएको थियो । जसमा बेङ्गलोरका खेलाडी बिराट कोहोलिले २७ बलमा ४२ रनको महत्वपूर्ण पारी खेले साथै कप्तान फाफ डु प्लेसिस ले २३ बलमा ६४ रनको महत्वपूर्ण योगदान गरेका थिए ।
यसै जित संगै रोयल च्यालेन्जर बेङ्गलोर प्लेइंगमा रहने सम्भावना जिवितै रहेको छ । अंक तालिकामा भने मुम्बई इण्डियन भन्दा माथी उक्लिएको छ ।