अन्तत हल्ला नगरी जसपा फुटेको छ !

मुख्य राजनीति समाचार

काठमाडौँ ! जनता समाजवादी पार्टी नेपाल फुटेको छ । पार्टी सङ्घीय परिषद् अध्यक्ष उपेन्द्र यादवले नेतृत्व गरेको जसपा नेपाल फुटेको हो । यादव अमेरिका भ्रमणमा रहेका बेला पार्टी बिभाजन भएको छ । राई ७ जना संसद र २१ जना केन्द्रिय सदस्यलिएर फुटेको बुझिएको छ ।

नेपाली कांग्रेसको राजनीतिक चाल अनुसार उपेन्द्र यादवले माधव नेपाल नेतृत्वको नेकपा एकिकृत समाजवादीसँग एकता गर्ने चाहनामा तुसारापात भएको छ । कांग्रेस सत्ता बाहिर हुँदाको सकस केही मत्थर हुने अवस्था ल्याउन उद्दत थियो । यो सँगै पुन कांग्रेसको राजनीतिक चाल कमजोर भएको बुझ्न सकिन्छ। प्रचण्ड सरकारलाई भने दुबै पार्टीको समर्थन रहने बुझिएको छ । जसपाका १२ जना संसद थिए ।

केन्द्रिय समीति अध्यक्ष अशोक कुमार राई नेतृत्वमा जनता समाजवादी पार्टी बनेको छ । जसको ३१ सदस्य कार्यसमिति गठन भएको छ । आइतबार बसेको बैठकले राई नेतृत्वमा ३१ सदस्यीय कार्यसमिति गठन गरेको हो ।

पार्टीको संघीय परिषद्को अध्यक्षमा राजेन्द्र प्रसाद श्रेष्ठ र सहअध्यक्षमा रेणु यादव छन् । नवलकिशोर साह, रणध्वज लिम्बु, परशुराम बस्नेत, सुशीला श्रेष्ठ उपाध्यक्षमा चयन भएका छन् भने महासचिवमा इस्तियाक राई र उपमहासचिवमा प्रदीप यादव , दीपक कार्की र सचिवमा रञ्जु ठाकुर तथा कोषाध्यक्षमा डा.वीरेन्द्र महतो रहेको उक्त पार्टीले जनाएको छ ।

उक्त पार्टी निर्वाचन आयोगमा पनि आजै दर्त्ता भै सकेको छ ।

कमेन्ट:
What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × = 16