Home खेलकुद क्रिकेटर सन्दिप लामीछानेको पेसी पुनः जेठ १ गतेलाइ तोकियो

क्रिकेटर सन्दिप लामीछानेको पेसी पुनः जेठ १ गतेलाइ तोकियो

27
0
Google search engine

काठमाण्डौ ! जबर्जस्ति करणीको अभियोग लागेका चर्चित क्रिकेटर सन्दिप लामिछानेको मुद्दा आइतबार सुनुवाई  हुने भनिएको थियो  । यसअघि हेर्न नभ्याउनेमा राखेको उक्त मुद्दा आइतबार को लागि पेसी तोकिएको थियो । आइतबार पुनः हेर्न नभ्याउने सुचिमा परेको छ ।

क्रिकट समर्थकले भने पिडित लाइ झनै  पिडा दिएको भन्दै असन्तुस्टी व्यक्त गरेका छन् l कारबाही भए पनि सफाई पाउने भए पनि छिटो फैसला आउनु पर्ने माग गरेका छन् l आज बिपक्षी झिकाउन आदेश भएकै इजलासमा परेकोले हेर्न नमिलेको पाटन उच्च अदालत प्रबक्ता तिर्थ भट्टराईले जानकारी दिए l

Google search engine

क्रिकेटर लामिछानेले काठमाडौं जिल्ला अदालतको फैसला उल्ट्याई आफूलाई सफाइ दिनुपर्ने माग गर्दै उच्च अदालत पाटनमा पुनरावेदन निवेदन दिएका थिए  । काठमाडौं जिल्ला अदालतले  गत २५ पुसमा सन्दीपलाई ८ वर्ष कैद, ३ लाख रुपैयाँ जरिवाना र पीडितलाई दुई लाख रुपैयाँ क्षतिपूर्ति दिने फैसला गरेको थियो ।

यस्तै आफ्नो मागदावी बमोजिम सजाय नभएको, पीडितलाई बालिग ठहर गरी कम सजाय भएको भन्दै जिल्ला अदालतको फैसला खारेज हुनुपर्ने माग राखेर सरकारी वकिलको कार्यालयले पनि उच्च अदालत पाटनमा  पीडित बालिका रहेको दावीसहित सन्दीपलाई १३ वर्ष कैद सजायको मागदाबी पुगेको स्रोतले बताएको छ ।

 

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here