कोशी प्रदेशमा केदार कार्कीको राजिनामा नदिने अडान पछि, पदच्युत

मुख्य राजनीति समाचार

काठमाडौँ ! कोशी प्रदेशमा राजनीतिक खिचातानी गर्माएको छ l मुख्य मन्त्री केदार कार्कीले राजिनामा पनि नदिने र समर्थन फिर्ता लिएको ३० दिन भित्र बिश्वासको मत पनि नलिने अडान राखेपछी प्रदेश प्रमुख द्वारा पदच्युत हुनुभएको छ l उक्त बिषयमा आज एक बिज्ञप्ति जारी गर्दै प्रदेश प्रमुखको कार्यालयले पद मुक्त भएको जानकारी गराउदै नया सरकार गठन गर्न आह्वान गरेको हो l

केदार कार्कीको नेतृत्वमा २०८० असोज २७ गते  गठन भएको कोशी प्रदेश सरकारलाइ २०८० चैत्र २६ गते ५२ सदस्यीय संसदले बिश्वासको मत दिएका थिए l यहि बैशाख १० गते मौजुदा संसद सहित समर्थक एमाले संसदले संकल्प प्रस्ताब दर्ता गर्दै समर्थन नरहेको जानकारी गराएको हो l

यस्तै प्रदेश प्रमुख को कार्यालय द्वारा जारि बिज्ञप्तीमा कोशी प्रदेश मुख्य मन्त्री नेपालको संबिधानको धारा १६८ को  उपधारा ५  बमोजिम सरकार गठन गर्न बिश्वासको मत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाइ २०८१ बैशाख २८ गते भित्र दाबी पेस गर्न आव्हान गरेको छ l

कमेन्ट:
What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 9 =