भरत न्यौपाने
एजेन्सी! आज भएको आइपिएल क्रिकेटमा लखनऊ सुपर जाइन्टले लज्जास्पद हार बेहोरेको छ। सनराइजर्स हैदरावादसँग भएको खेलमा पुरै २० ओभरमा १६५ रनको सामान्य योगफल दिन सक्यो । जारी सिजनको आइपिएल क्रिकेटमा एतिहासिक २८६ को सबै भन्दा बढी स्कोर बनाउने टोली सनराईजर हैदराबादले ९.४ ओभरको समाप्तीमा भेटायो र अर्को नयाँ इतिहाँस रच्न सफल भयो।
टस जितेर ब्याटिङ गरेको लखनऊ सुपर जायन्ट्स ले २० ओभर खेल्दै ४ विकेट गुमाएर १६५ रन बनाएको थियो । त्यसै गरी सनराइजर्स हैदरावादले १६६ रनको टार्गेट पाएको थियो । जसमा सनराइजर्स हैदरावाद टिमको लागि ट्रविस हेडले ३० बल खेल्दै ८९ रन जोडेको थिए र अभिषेक शर्मा ले पनि २८ बलमा ७५ रन बनाउँदै राम्रो पारी खेलेको थिए । साथै यस खेलमा फेरि अर्को रेकर्ड बन्न सफल भएको छ । १६६ को टार्गेट पछ्याएको सनराइजर्स हैदरावाद ले बिना विकेट को क्षतिमा ९.४ ओभरमा नै खेलमा आफ्नो प्रभुत्व जमाई फिनिसिङ गरेको हो ।