नेपालमै पहिलो पटक मोटर एसेम्बलिङको काम सुरु

अर्थ बजार मुख्य

नवलपरासी–  लक्ष्मी मोटर कर्पोरेसनले नेपालमै  पहिलोपटक ‘हुन्डाई मोटर एसेम्बलिङ’ शुभारम्भ गरेको छ । आज नवलपरासीको रामग्राममा भएको एक  कार्यक्रमका बिच उक्त कार्यको प्रधानमन्त्री पुस्पकमल दाहाल प्रचण्डले भारम्भ गर्नु भएको हो ।

कार्यक्रममा सम्बोधन गर्दै प्रचण्डले नेपालमै पहिलोपटक एसेम्बलिङ भएकोमा आफु खुसी भएको भन्दै लक्ष्मी ग्रुपका अध्यक्ष गणेश बहादुर श्रेष्ठ लाई बधाई ज्ञापन गर्नु भएको थियो । यसले निजी क्षेत्रको विकास, राष्ट्रिय उत्पादन र औद्योगक वातावरण निर्माणमा महत्वपुर्ण उपलब्धि भएको प्रचण्डको भनाई थियो।

यसले औद्योगिक वातावरण निर्माण गर्दै स्वदेशी तथा विदेशी लगानी कर्तालाई आकर्षण गर्ने विश्वास गरिएको बताउनु भयो । साथै आयात प्रतिस्थापनमा महत्वपुर्ण भुमिका हुने र निर्यातमा टेवा पुग्ने पनि आफ्नो सरकारको विश्वास रहेको बताउनु भयो ।

अर्धदक्ष कामदारलाई रोजगारी सृजना, सिप तथा प्रविधिको विकासमा वृद्धि हुनेछ जसबाट आन्तरिक राजस्वमा वृद्धि हुने विश्वास व्यक्त गर्नुभयो। उपभोक्ताले सहुलियत दरमा नै गाडी खरिद गर्न पाउने प्रधानमन्त्री प्रचण्डको विश्वास रहेको छ।

नयाँ बजेटमा “मेड इन नेपाल मके इन नेपाल” सञ्चालन गरिने प्रधानमन्त्री प्रचण्डको भनाई थियो। उद्योगी व्यवसायी को मनोबल उच्च राख्दै देशको आर्थिक परिवर्तनमा योगदान पुर्याउन सकिने उहाँको तर्क थियो ।

कमेन्ट:
What’s your Reaction?
+1
1
+1
0
+1
2
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

59 + = 66