Home मुख्य कांग्रेसले लगाएको आरोप प्रमाणित गरिदिए राजनीति छाडिदिन्छु: लामिछाने

कांग्रेसले लगाएको आरोप प्रमाणित गरिदिए राजनीति छाडिदिन्छु: लामिछाने

26
0
Google search engine

काठमाडौं ! रास्वपा सभापति रवि लामिछानेले कांग्रेस र गगन थापाहरुले लगाएको आरोप प्रमाणित गरिदिए राजनीति नै छाडिदिने घोषणा गर्नुभएको छ । रास्वपा सभापति लामिछानेले शुक्रबार राति एक फेसबुक स्ट्याटस लेख्दै यस्तो बताउनुभएको हो।

उहाँको भनाई जस्ताको त्यस्तै

“कांग्रेस र गगन थापाजीहरुले आरोप लगाए जस्तो मैले खुद आफैले फारम भरेर उक्त सहकारी बाट ॠण मागेको/लिएको प्रमाणित गरिदिनुस्, म राजनीति छोडिदिन्छु। प्रमाणित नगरे तपाईं राजनीति छोड्न तयार हो? किर्ते कागज र काइते तर्क दिएर गोलमटोल जवाफ दिन पाइदैन। म संसदीय छानबिन सँग र तपाइँहरुको देश डुबाउने राजनीति सँग डराएको छैन, तर मलाई मात्र एक पटक बोल्न दिन तपाईहरु चाहिँ किन डराएको ? डर र रबि लामिछाने एकै ठाउमा बस्दैनन् थापा जी। एक पटक बोल्न त दिनुस्, संसदीय छानबिन समिति मागको दोकान तत्काल बन्द हुन्छ। तपाईहरुलाई सहकारी पीडितको मुद्दासँग कुनै सरोकार छैन, तपाईहरुलाई केवल मलाई बदनाम गराउनु छ। हेक्क राख्नुस् , मपनि यो सर्वभौम संसदको सर्वाधिक मत प्राप्त जननिर्वाचित प्रतिनिधि हुँ। म माथि लागेका संघिन आरोपहरु बारे एक पटक बोल्न समेत नदिने अनि तपाईंको आदेश मैले मान्नु पर्ने?? दुई महिना निरन्तर गाली गर्ने, झुठा आरोप लगाउने, मिडिया खेलाउने अनि एक पटक बोल्न पाँउ न भन्दा संसदमा बाटो छेक्ने?? घेराउ गर्ने? अझ डारायो भन्ने? यहि हो कांग्रेसको लोकलन्त्र?? प्रिय रास्वपा परिवारका साथीहरु, शिर ठाडो राख्नु होला। तपाईंको सभापतिले आज सम्म कसैलाई ठगेको छैन।”

शुक्रबार भएको प्रतिनिधि सभाको बैठकमा नेपाली  कांग्रेसले रास्वपा सभापति रवि लामिछानेलाई बोल्नका लागि रोष्टम जान समेत अबरोध गरेको थियो । कांग्रेसले सत्ता समीकरण परिवर्तन भए देखि नै सहकारी प्रकरणमा संसदिय छानविन समिति गठन गर्नुपर्ने माग गर्दै संसद बैठकमा अवरुद्ध गर्दै आएको छ ।

अर्को प्रतिनिधि सभा बैठक जेठ १ गतेको लागी बोलाइएको छ । बैठकमा सरकारको नीति तथा कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेल दवारा प्रस्तुत  हुने कार्यक्रम रहेको छ। तर नेपाली कांग्रेसले भने नीति तथा कार्यक्रम प्रस्तुत हुन नदिने अडान कायम राखेको छ ।

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here