काठमाडौँ! सरकार नीति तथा कार्यक्रमको अन्तिम तयारीमा रहेको छ । सत्ता समीकरणमा आएको परिवर्तन पछि प्रधानमन्त्री पुस्पकमल दाहाल प्रचण्ड’ नेतृत्वको सरकारले नीति तथा कार्यक्रम ल्याउने तयारीमा रहेको हो ।
चुनौती
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसद बैठक निरन्तर अवरुद्ध गर्दै आएको छ । सरकार घटक दल एमाले, माओवादी र रास्वपा ले संसदिय छानविन समिति गठन गर्नुपर्ने कुनै कारण नभएको भन्दै प्रमुख प्रतिपक्ष दलको माग सम्बोधन गर्नेतर्फ तदारुकता देखाएका छैनन् । यस्तो अवस्थामा सरकारले नीति तथा कार्यक्रमलाई कसरी पारित गराउला ? प्रधानमन्त्री प्रचण्डको भनाई अनुसार गम्भिर रूपमा छलफल गरेर नीति तथा कार्यक्रम आमूल परिवर्तन लाउने योजना रहेको बताउनु भएको थियो । तर कांग्रेसको अबरोध का बिच कार्यक्रम प्रस्तुत हुन फलामको चिउरा चपाउनु जस्तै हुने देखिएको छ।