पार्टी फुट्ने पालो माओवादीको भएको यादवको दाबी

मुख्य राजनीति समाचार

काठमाडौं ! जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले अब फुट्ने पालो माओवादीको भएको जिकिर गर्नुभएको छ। पार्टी फुटको सिकार भए पछि उहाँले शुक्रबार मुख खोल्नु भएको हो ।

भक्तपुरमा भएको कार्यक्रममा बोल्दै अध्यक्ष यादवले आफ्नो पार्टी फुटको सिकार हुनुमा एमाले-माओवादीको हात भएको संघिन आरोप लगाउनु भएको थियो । आफ्ना संसदलाई मागे जति दिए पनि सन्तुष्ट पार्न नसकिएकोमा गुनासो व्यक्त गर्नु भएको थियो । साथै निर्वाचन आयोग पूर्वाग्रही भएको र दबाब प्रभावमा परेर छिट्टै दल दर्ता गरिदिएको प्रति आफु असन्तुष्टि जनाउँदै सर्वोच्च अदालत जाने बताउनु भयो ।

विभाजित जसपा नेपाल उपेन्द्र यादव पक्षका संघिय संसद ५ जना रहेका छन् । यो सँगै यादव अल्पमतमा पर्नुभएको छ । मधेश प्रदेशमा पनि आधा हुने सम्भावना छ यदि आधा भयो भने सत्ता परिवर्तन हुने निश्चित छ । केन्द्र सरकार मा उपेन्द्र यादवले हाल समीकरण फेरिने सम्भावना नरहेको जिकिर गरे पनि विभाजित जसपाले भने सत्ता परिवर्तन हुने सङ्केत देखे पछि विद्रोह गरेको बताएका छन् । यादव प्रचण्ड सरकार ढाल्ने खेलमा लागेको आरोप लगाएका छन् ।

 

 

कमेन्ट:
What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + 1 =