डा. भगवानको अस्पताल निर्माणमा ब्यापारी मीनबहादुरको सहयोग

अर्थ बजार मुख्य रोचक समाचार

काठमाडौँ ! बरिस्ठ डाक्टर भगवान कोइरालाले निर्माण गर्न लागेको बाल अस्पताल निर्माणमा भाट भटेनी सुपरमार्केटका अध्यक्ष मीनबहादुर गुरुङले ४१ करोड बराबर सहयोग गर्ने घोसणा गर्नुभएको छ l शुक्रबार काठमाडौँको हेपाली स्थित हस्पिटल निर्माण स्थलमा पुगेर उक्त सहयोग गर्ने घोषणा गर्नुभएको हो l

डाक्टर कोइरालाको नेतृत्वमा निर्माण हुनलागेको हस्पिटल सातै प्रदेशमा विस्तार हुने जनाइएको छ l हस्पिटलको नाम काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ राखिएको छ l कोशीमा भने निर्माण सम्पन्न भैसकेको जनाइएको छ l बेस्मेन्ट पार्किंग, हेलिप्याड,ओपिडी सेवा, इमर्जेन्सी सहित २० सैया र आइसीयु सहितको पुर्ण क्षमताको अस्पताल निर्माण हुने र निर्माणकै  क्रममा नै ४१ करोड बराबरको सहयोग गर्ने प्रतिबद्दता अध्यक्ष गुरुङले दिनुभएको हो l

यस अघि भाट भटेनी सुपरमार्केटका अध्यक्ष मीनबहादुर गुरुङले टिचिंग हस्पिटलमा माता र पिताको नाममा २ भवन निर्माण सहयोग गर्नुभएको  थियो l

 

कमेन्ट:
What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

61 + = 62