Home अर्थ बजार युवा व्यवसायी घिमिरे सम्मानित

युवा व्यवसायी घिमिरे सम्मानित

0
युवा व्यवसायी घिमिरे सम्मानित

भरत न्यौपाने

काठमाडौ । नेपाल डेरी एसोसिएसन नेपाल बागमती प्रदेशका सचिव समाजसेवी तथा व्यवसायी श्याम कुमार घिमिरे सम्मानित हुनुभएको छ ।

शनिबार राजधानीको नाचघरमा फोकस नेपाल द्वारा आयोजित सांस्कृतिक कार्यक्रममा “समुन्नत नेपाल निर्माणमा सामाजिक संघ संस्थाहरुको भूमिका” विषयक विचार गोष्ठी तथा सांस्कृतिक कार्यक्रमा प्रमुख अतिथि राष्ट्रिय सभाका अध्यक्ष सम्मानीय नारायण प्रसाद दाहाल द्वारा घिमिरे सम्मानित हुनुभएको हो।

सामाजिक कार्यमा सक्रिय सम्मानित घिमिरे नेपाल डेरी एसोसिएसन बागमती प्रदेशका सचिव ,काठमाडौँ जेसिजको महासचिव,नर्थ स्टार सेकेण्डरी स्कुल व्यवस्थापन समितिको अध्यक्ष हुदै पलान्चोक डेरी उधोगका संचालक तथा अन्य दुग्धजन्य व्यावसायिक क्षेत्रमा समेत आवद्ध हुनुहुन्छ ।

सम्मान ग्रहण पछि आयोजक प्रति आभार व्यक्त गर्दै घिमिरेले दुधजन्य उद्यम क्षेत्रमा थप रचनात्मक काम गर्न प्रेरणा मिलेको बताउनु भयो। डेरी जन्य वस्तुको उत्पादन आधुनिक र व्यवस्थित बनाएरै छाड्ने आफुहरुको संकल्प रहेको बताउनु भयो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here