काठमाण्डौ ! राष्ट्रपति रामचन्द्र पौडेलका आर्थिक सल्लाहकार चिरञ्जीवी नेपालले सय रुपैयाको नोटमा नेपालको चुचे नक्सा छपाउको बिषयमा दिएको अभिव्यक्तिको बिरुद्द व्यापक बिरोध भएको छ l यसै बीच उहाँले राजिनामा दिनुभएको छ सो को स्विकृत पनि भइसकेको राष्ट्रपति कार्यालयले जनाएको छ l
गत बिहीबार बसेको मन्त्रिपरिषद बैठकले एक सय रुपैयाँको नोटमा नयाँ नक्सा छाप्ने निर्णय गरेको थियो उक्त निर्णय विरुद्ध अभिव्यक्ति दिएपछि नेपाल विवादमा तानिनु भएको थियो l ७ जेठ २०७७ मा नेपालले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेत समेटेको नेपालको नयाँ नक्सा जारी गरेको थियो । यसै अनुसार सरकारले नेपालको नक्सा समेटेको एकमात्र नोट एक सय रुपैयाँमा नक्सा छपाई गरी परिबर्तन गर्न राष्ट्रबैंकलाई निर्देशन दिएको थियो l यसै सन्दर्भमा सल्लाहकार नेपालले भारतसँग वार्ता भइरहेको बेला नयाँ नक्सा नोटमा राखिनु गलत भएको भनाई विभिन्न संचारमाध्यममा भाईरल भएको थियो l
यस बिषयमा भारतीय विदेश मन्त्री यस जयशंकरले आफ्नो धारणा स्पष्ट भएको उल्लेख गर्नुभएको छ l बार्ता र संबादको स्थापित मान्यता अनुरुप चलिरहेको अवस्था रहेको बताउनुभएको थियो l यसै बिचमा नेपालबाट नक्साको बिषय आउनु र एकपक्षिय रुपमा यस्तो गतिबिधि गर्नु, बोर्डरको समस्याको हल गराउन नचाहनु भएको उल्लेख गर्नुभएको थियो l
नेपाल भारत नक्सा विवाद पुनः बल्झिने देखिएको छ l भारतले नेपालको भूभाग भित्र कब्जा जमाएर विभिन्न संरचना बनाई आफ्नो दादागिरी देखिरहेको प्रस्ट देख्न सकिन्छ l सरकार फेरबदल हुदै गर्दा विदेश नीति र सम्बाद नहुने कारण यो विवाद समाधान नहुने तर्फ गएको बुझ्न सकिन्छ l