सन्दिप लामिछाने बिरुद्दको बलात्कार मुद्दा भोलि सुनुवाई हुने

खेलकुद रोचक समाचार

काठमाडौँ ! चर्चीत् क्रिकेटर सन्दिप लामिछाने बिरुद्दको बलात्कार मुद्दा भोलि सुनुवाई हुने भएको छ l  पटक पटक सारिएको पेसी भोलि जेठ एक गतेलाई तोकिएको थियो l यसअघि आइतबारलाई तोकिएको सुनुवाई जेठ एक गते सम्मलाई सारिएको हो l

यसरी पेसी सारिएको प्रति सामाजिक संजालमा व्यापक बिरोध भएको छ l साथै क्रिकेट प्रेमीहरुले विभिन्न ठाउँमा बिरोध प्रदर्शन गरेका छन् l वेस्टेन्डीज A  संगको खेलको दौरान पनि सन्दीपको पक्षमा कि जेल हाल्नु कि सन्दीपलाई छाड्नु भनि हुटिंग र नाराबाजी भएका थिए l

सन्दीपको मुद्दा अधिबक्ता सरोज घिमिरेको नेतृत्वमा पक्षमा बहस गर्ने वकिलहरु तय भएका छन् l यस्तै सन्दीपको मुद्दाको पक्षमा बहस गर्नेमा बरिस्ठ अधिबक्ता सम्भु थापा, रमण श्रेष्ठ र राजनीतिज्ञ तथा अधिबक्ता रामनारायण बिडारी लगायतको टिम रहेका छन् l

यस्तै क्रिकेट प्रेमीहरु भने सन्दिप विश्वकप क्रिकेट खेल्न पाउनेमा ढुक्क छन् l आशा गरौ सन्दीपको मुद्दामा सम्मानित अदालतले उचित फैसला गर्नेछ l न्यायको दियो मर्ने छैन l महिला र पुरुष बिचमा विभेद गरिने छैन l नेपालको क्रिकेटले पुनः आशा दिनेछ l

 

 

कमेन्ट:
What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

+ 17 = 27