चितवनबाट फर्किए लगत्तै प्रधानमन्त्री भेटबार्तामा व्यस्त

मुख्य राजनीति समाचार

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवनबाट फर्किए लगत्तै , नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने तिन शिर्ष नेता बीच भेट बार्ता भएको छ । साँझ प्रधानमन्त्री कार्यालय सिंहदरबारमा समसामयिक राजनीतिक घटनाक्रमको बिषयमा छलफल गर्न भेटबार्ता भएको प्रधानमन्त्री सचिलावलयले जनाएको छ l

तीन दलको छलफलपछि प्रधानमन्त्री प्रचण्डले आजै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा संग संवाद गर्ने बताइएको थियो । संसद खुलाउने बिषयमा सहमिति गर्ने प्रयास जारि रहने स्रोतको भनाई छ l

भोलि संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यतालिका रहेको छ l सोहि बैठक खुलाउन प्रधानमन्त्रीको दौडधुप भएको हो l

कमेन्ट:
What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

+ 41 = 45