काठमाडौं । पाटन उच्च अदालतले क्रिकेटर सन्दीप लामिछानेविरुद्ध दायर भएको जबर्जस्ती करणीसम्बन्धी मुद्दा भोलि फैसला गर्ने भएको छ । मुद्दामा आज बहस नसकिएको कारण हेर्दाहेर्दैमा राखिएको छ ।
न्यायाधीशद्वय सुदर्शन देव भट्ट र अञ्जु उप्रेतीको इजलासमा बहस भएको थियो । सुनुवाइ नसकिएपछि बुधबार सुनुवाइ हुने भएको हो ।
यसअघि जिल्ला अदालत काठमाडौंले लामिछानेलाई बलात्कारमा दोषी ठहर गर्दै आठ वर्ष कैद र जरिवानाको फैसला सुनाएको थियो । सोही फैसलाविरुद्ध सन्दीप लामिछाने र सरकारी वकिलको कार्यालय दुवैले पुनरावेदनका लागि रिट निवेदन दायर गरेका थिए । सोही निवेदन उपर बहस सुरु भइसकेको छ । भोली फैसला हुने आकंलन गरिएको छ ।