Home मुख्य ३६ जना नेपाली बन्धक मजदुरको उद्दार

३६ जना नेपाली बन्धक मजदुरको उद्दार

24
0
Google search engine

काठमाण्डाै ! ३६ जना नेपाली मजदुरलाई भारतको जम्मु-कश्मिरमा बन्धक बनाई काममा लगाइएको ठाँउबाट उद्दार भएको छ । दलालहरु द्वारा आर्थिक प्रलोभनमा पारी कश्मिरमा पुर्याएर मोबाईल, नगद र नागरिकता खोसेर बेतलवमा धम्क्याएर काममा लगाउने गरेको पाइएपछि नेपाली दुतावास, जम्मु कश्मीर पुलिस, क्राइम ब्रान्च को सहयोगमा उद्दार भएको हो।

उनीहरू मध्य ६ जना बच्चा र ३० जना येडल्ट रहेका छन् । उनीहरूलाई आठ महिना अगाडी देखि काममा लगाइएको थियो। नेपालका विभिन्न जिल्ला सर्लाही, महोत्तरी र धनुषा लगायतबाट धेरै आम्दानीमा भएको जागीरमा लगाइदिने प्रलोभनमा पारी कश्मिर पुर्याइएको र त्यहाँ पुर्याई पारिश्रमिकसमेत नदिई तीन महिना देखि कुटपिट, डर-धम्की देखाएर काममा लगाउँदै आएको थियो । केही समयको तलब प्रतिव्यक्ति नेपाली रुपैयाँ सात हजार रहेको बुझिएको छ ।

उनीहरूलाई उद्धार गरी दिल्ली पुर्‍याइएको हो । उद्धारका लागि सामाजिक संस्था किन इन्डिया पनिले पहल गरेको बताईएको छ।
कन्स्ट्रक्सन ठेकेदारको बन्धकबाट भागेको एक जनाले आफन्तलाई खबर गरेर बाँकी मजदुर मुक्त गर्ने पहल शुरु भएको थियो। उनीहरूलाई कानुनी प्रक्रिया पूरा गरी नेपाल फिर्ता ल्याउने काम भइरहेको दिल्लीमा रहेको नेपाली दूतावासले जनाएको छ । नेपाली मजदुरलाई बन्धक बनाउने दुई जना बिहारी दलालहरु पक्राउ परेका छन् ।

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here