काठमाडौं ! चर्चित भारतीय दुई मसला कम्पानिलाई नेपालमा प्रतिबन्ध लगाईएको छ। उक्त कम्पनीबाट उत्पादित वस्तुमा अखाद्य वस्तुको मिसावट पाइएकोले प्रतिबन्धित भएको हो।
कम्पनीको गुणस्तरमा विश्वव्यापी प्रतिबन्धित भारतीय एमडीएच र एभरेस्ट ब्र्यान्डका साम्बर मसला, करी पाउडर र फिश करी मसलाको आयातमा प्रतिबन्ध लगाइएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले अनुगमन प्रतिवेदनका आधारमा बन्द गराउन सरकारलाई सिफारिस गरेको छ ।
भारतका दुई चर्चित मसला कम्पनीहरूमाथि केही देशले प्रतिबन्ध र केहीले निगरानी गर्न थालेपछि नेपालले पनि ती कम्पनीका चार प्रकारका मसलाको आयातमा तत्कालका लागि रोक लगाउने निर्णय गरेको हो।
केही समय अगाडि देखि एमडीएच र एभरेस्ट ब्र्यान्डकका साम्बर मसला, करी पाउडर र फिश करी लगायतका भारतीय मसलामा ‘क्यान्सर गराउने पदार्थ’ भेटिएपछि विश्वभरि गुनस्तर्बारेप्रश्न उठेको थियो
।